दफा १२६
लिखत जाँच गर्नु पर्ने

अदालतमा दर्ता गर्न ल्याएको फिरादपत्र, प्रतिउत्तरपत्र, पुनरावेदनपत्र वा मुद्दाको कारबाहीको सिलसिलामा दायर हुनेनिवेदनपत्रको लिखत प्राप्त हुनासाथ सम्बन्धित अधिकृतले त्यस्तो लिखत कानून बमोजिमको ढाँचा मिले वा नमिलेको,हदम्याद वा म्यादभित्र भए वा नभएको, अदालतको अधिकारक्षेत्रभित्र भए वा नभएको, खुलाउनु पर्ने व्यहोरा खुलाएको वानखुलाएको, लेखाइ, प्रस्तुती वा उल्लेखनमा अशुद्धि, अपूर्ण वा अङ्क र अक्षरमा फरक परे वा नपरेको र त्यस्तो लिखतअन्य कुनै कारणले बेरीतको भए वा नभएको जाँच गर्नु पर्नेछ ।